ताजा समाचार

स्पेनिस ला लिगामा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि आधा दर्जन गोलसहित सानदार जित हात पारेको छ ।
बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को सानदार जित निकालेको हो ।
बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन् ।

बार्सिलोनाको जितमा सर्जिनो डेस्टले दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले समान एक गोल गरे । सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल फर्काए ।
पहिलो हाफमा २( ० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप ४ गोल गर्यो ।
७७औं मिनेटमारियल सोसिडाडका एन्डरले गोल सान्त्वना गोल गरे । ८९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गर्दै बार्सिलोनालाई ६–१ को सानदार जित दिलाए ।

जितपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ छ । पराजित रियल सोसिडाड ४५ अंक जोडेर पाँचौ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *