काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले माधव–झलनाथ समूह पार्टीको खेतबारीमा नुन छर्न हिँडेको आरोप लगाएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ओलीपक्षीय नेता बास्कोटाले गन्तव्य भुलेर चौबाटोमा ठिंग उभिएको यात्री नबन्न सुझाव दिएका छन् । उनीहरूले खेल चेस नभई लुँडो भएको उनको भनाइ छ ।
‘एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरुले खेलिरहेको खेल चेस हैन, लुँडो हो । गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो। हाम्रो त सुझाव हो के रे ? नमाने पनि केही छैन,’ बास्कोटाले लेखेका छन् ।




