ताजा समाचार

आजको संसदमा पनि कार्यसूचीमा शोक प्रस्तावमात्र

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतबाट विघटन बदर भएपछि सुरु भएको प्रतिनिधिसभाको बैठक आज तेस्रो पटक बस्दै छ । मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।
तर अघिल्ला बैठकमा जस्तै आजको बैठकमा पनि शोक प्रस्तावमा कार्यसूचीमा राखिएकोे छ ।

फागुन २३ मा विवादित संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश पेस भएपछि प्रमुख प्रतिपक्षी काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
दोस्रो बैठक १४ जना पूर्वसांसद र प्रतिनिधिसभा सदस्यको निधनमा शोक प्रस्ताव गरेर टुंगिएको थियो । मंगलबार बस्ने तेस्रो बैठकमा पनि संविधानसभा सदस्यको शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *