ताजा समाचार

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथी आक्रमण, खुट्टामा चोट लाग्यो

एजेन्सी । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन्। उनीमाथि एक समूहले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधवार उम्मेद्वारी दर्ताका लागि नंदीपुर पुगेकी थिइन् ।उम्मेद्वारी दर्तापछि मन्दिर दर्शनमा गर्ने क्रममा उनी माथी आक्रमण भएको बताइएको छ । मुख्यमन्त्रीलाई कारतिर जोडले धक्का दिएर कारको ढोका तत्काल बन्द गर्न खोज्दा उनको खुट्टामा चोट पुगेको बताइएको छ।

आक्रमणबाट उनको खुट्टामा चोट लागेको र उनी उपचारका लागि कोलकता पुगेकी छन्।
उक्त घटनापछि भाजपा पश्चिम बंगालका नेता कैलाश विजयवर्गीयले भने यो ममताको ुस्टन्टु भएको आरोप लगाएका छन्। चुनावी माहोल भएका कारण मतदाताको मन जित्न नेताहरु कहिलेकाही यस्ता खाले प्रचारवाजी गर्ने गर्छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *