विश्व

ह्यारी र मेगनको आरोपपछि बकिङ्घम राजदरबारले मुख खोल्यो

एजेन्सी । ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै ‘चिन्ताजनक’ भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन्। पछि राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट्याएका थिए।

दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ। मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसङ्ग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो। राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको सङ्कटबारे बैठक बोलाएको थियो । बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए।

दरबारले उसको वक्तव्यमा भनेको छ, पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ।
शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसङ्ग पारिवारिक मामिला भएको ठानेको छ र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ।

बीबीसीबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *