वि.सं. २०७७ साल फागुन ०५ गते । बुधबार ।
मेष
राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकतहरु पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईं आफ्नै पोल्टोमा पर्नेछ ।
बृष
स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछिपरेको भान हुनेछ ।
मिथुन
इमानदारपूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछन् । चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लित हुनेछ ।
कर्कट
राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्य रुपैयाँपैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग छ । बुबा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।
सिंह
नयाँ कार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्य धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।
कन्या
काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछिपरिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्यक्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एकअर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।
तुला
व्यावसाय फस्टाएर जाने हुनाले मनग्य नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्ति हात लागि हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ ।
बृश्चिक
सत्रु तथा प्रतिस्पर्धीहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।
धनु
पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागि हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्य लाभ लिन सकिनेछ भने सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
मकर
सामाजिक पद पतिष्ठा प्राप्त भए पनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिए पनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दूरीको यात्रा हुने अत्यधिक सम्भावना रहेको छ । कृषि तथा सहकारी व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्य लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।
कुम्भ
अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइलेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।
मीन
आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने मनग्य धन सम्पत्ति हात लाग्ने योग रहेको छ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ ।




