ताजा समाचार

‘संबिधानको ठाडो उल्लंघनमा मुकदर्शक बन्न सक्दैनौं’

आज संघीय राजधानीबाट प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई स्थान दिएका छन् । सरकारको तीन वर्षको उपलब्धि र पूर्वप्रधानन्यायधीशहरुले सर्वोच्चमा पेश गरेको लिखित जवाफबारे समाचारहरु प्रकाशित भएका छन् ।
नागरिक दैनिकले पूर्वप्रधाननन्यायाधीहरु भन्छन, संबिधानको ठाडो उल्लंघनमा मुकदर्शक बन्न सक्दैनौं शिर्षकमा समाचार छ । अदालतको अवहेलनासम्बन्धी मुद्धामा लिखितजवाफसहित अदालतमा पेश हुन आदेश दिइएको थियो । लिखित जवाफमा पनि पूर्वप्रधानन्यायधीशहरुले प्रधानमन्त्रीको कदमलाई असंबैधानिक भनेका छन् भने आफ्नो अभिव्यक्तिले कसैको अवहेलना नगरेको दाबी उनीहरुको छ ।

‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’ शिर्षकमा स्वास्थ्य सम्बन्धी खबर छापेको छ । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा। पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।
त्यस्तै अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्रीले प्रतिकुलताको बाबजुद तीन वर्षमा आफूले उल्लेख्य उपलब्धी गरेका दाबीलाई मुख्य खबर बनाएको छ । सोमबार आयोजित ‘प्रेस ब्रिफिङ’मा प्रधानमन्त्री ओलीले नकारात्मक प्रचारबाजीका बाबजुद सरकारले जे–जति काम गरेर आधार बनाएको छ, त्यसमा निरास हुनुपर्ने अवस्था नरहेको बताए।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताबारे पनि अन्नपूर्ण पोस्ट्ले पहिलो पेजमा खबर छापेको छ । नक्कली काजमा करोड खर्च शिर्षकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति प्राडा राजकुमार रौनियारले आफ्नो काज आफैँ स्वीकृत गरेको तथ्य खुलेको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उपकुलपति रौनियारले आफैँ काज स्वीकृत गरेको पाइएको हो। उनले काठमाडौंदेखि विराटनगरसम्म ४० पटक गरेको हवाईयात्राको औचित्य पुष्टि गर्ने प्रमाण फेला परेको छैन । रौनियारविरुद्ध डेढ वर्षदेखि आफ्नो काज आफैँ स्वीकृत गर्दै पद जोगाउन प्रतिष्ठानको खर्चमा हवाईजहाजमा काठमाडौं जाने–आउने गरेको आरोप छ। यसका साथै तीनतारे होटलमा बस्ने, खाने गरेर करोडजति रकम हिनामिना गरेको भन्दै परेको उजुरीसम्बन्धी सतर्कता केन्द्रले छानबिन गरेको हो।

राजधानी दैनिकले फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप लगाउने खबरलाई छापेको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *