काठमाडौं । देशभर हाल पश्चिमी वायुको प्रभाव रहेको छ । त्यसको प्रभावले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावना छ ।
अहिले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।




