काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं सहिदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताएका छन्।
२६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका हुन् ।
उनले भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ। कहीँकतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौं सहिदहरूले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो क ? भन्ने खतरा पैदा भएको बेला पनि छ।’




