ताजा समाचार

आज काठमाडौंको यी स्थानमा लोडसेडिङ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज बिजुली जाने भएको छ । साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ ।

यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाडौं उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ । यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म काटिनेछ ।

यो फिडरको लाइन काटिँदा पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लानिङ र आसपासका क्षेत्रमा बत्ती जानेछ । यस्तै कपन फिडर अन्तर्गतका क्षेत्रमा भोलि बत्ती जानेछ । कपन फिडर अन्तर्गत भोलि बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *