ताजा समाचार

नयाँ दिल्लीमा ६.१ रेक्टर स्केलको भूकम्प

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्ली आसपासमा शुक्रबार राति भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

केन्द्रका अनुसार ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *