ताप्लेजुङ । मंगलबार बिहान ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको जनाएकमो छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन ।




