काठमाडौं । चीन सरकारले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो।
ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।
चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।
अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग गर्ने अनुमति भने दिइएको छैन।




