ताजा समाचार

प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । बिहीबार नेकपा दाहाल नेपाल समूहले आयोजनामा भएको आम हड्तालमा प्रहरीसँगको झडपमा परी पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ ।

जनकपुरमा प्रदर्शनको क्रममा पूर्वमन्त्री यादव प्रहरीले लाठिचार्ज तथा अश्रू ग्यास प्रहार गर्दा घाइते भएका थिए ।
उनको अण्डोषमा गम्भीर चोट लागेपछि उनलाई काठमाडौं पठाइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *