काठमाडौं । सरकारले सडकमा आन्दोलनकारी देख्यो कि समाउने नीति लिएकाे छ । संवैधानिक परिषद्हरूमा गरेको नियुक्ति र शपथको विरोधमा आमहड्तालमा उत्रिएका नेकपा दाहाल-नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ ।
बिहिबार बिहानैदेखि सरकारी पक्ष र आमहड्तालकारीहरु बीच घम्साघम्सी परेको छ । गोंगबूमा बिहानै ट्याक्सीमा आगजनी गरेपछि प्रहरीले गिरफ्तारी सुरु गरेको हाे ।उपत्यकाको विभिन्न ठाउँबाट केन्द्रिय सदस्य तथा नेता कार्यकर्ता पक्राउ गरेको छ ।
बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। भने फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
कलंकीको इन्चार्ज खटाइएकि नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् । कलंकीबाट उनीसँगै हितमान शाक्य, अमृता थापा लगायत नेताहरु तथा दर्जनौं कार्यकर्ता पनि पक्राउ परेका छन् । चाबहिल क्षेत्रबाट कृष्ण केसीलगायत केन्द्रीय नेता पक्राउ परेको विष्णु रिजालले जानकारी दिए ।
सडकमा आन्दोलनकारी देख्ने वित्तिकै प्रहरीले पक्राउ गरेको नेता रिजालले जानकारी दिए । गृहमन्त्रालयले बुधबार साँझ नै यातायात तथा व्यापार व्यवसाय निर्वाध संचालन गर्न अनुराेध गरेकाे थियाे




