ताजा समाचार

स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन उनको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बन्नुभएको रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउँछन्।

सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधि विना अमेरिका पुगेका विवेकानन्दले विश्वकोशको उपनामले परिचित हार्वर्ड विश्वविद्यालयका प्रा हेनरी राइटलाई भेट गरेका थिए। पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित भए।

राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गरे । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वान्लाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उनले भाग लिन पाएका थिए।

विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गरे । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्ने बित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो ।

उनले “हामी सहिष्णुताका कुरामात्र गदैनौँ, विश्वका सबै धर्मलाई साँचो भनी स्वीकार गछौँ, म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्छु जसले धेरै धर्मका शरणार्थीलाई भारतवर्षले शरण दिएको छ, त्यो सबै धर्मको जननी हो” भने । यसै प्रवचनबाट उनको ख्याति विश्वव्यापीरुपमा फैलिएको थियो । उनले वैदिक सनातन धर्मलाई विश्वव्यापीरुपमा फैल्याउन पु¥याभएको योगदानको स्मरण गर्दै भारतवर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाइँदै छ ।

स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उनको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *