ताजा समाचार

ओलीको चुनावी नारा भ्रममात्र

आज संघीय राजधानीबाट प्रकाशित पत्रपत्रिकामा काठमाडौंमा बर्डफ्लु देखिएको खबरले पहिलाृ पृष्ठमै स्थान पाएको छ । भने अन्य राजनितिक र समसामायिक विषयवस्तुले स्थान पाएका छन् ।
नागरिक दैनिकले पहिलो पेजमा काठमाडौंमा बडैफ्लू, पन्छीजन्य बस्तुको आयातमा प्रतिबन्ध लगाएको खबर छापेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए।्यहि खबरलाई जोडेर राजधानी दैनिकले काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले दिए यस्तो सुझाव दिएको खबर छापेको छ । चिकित्सकका अनुसार बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ । मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ । पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ ।
त्यस्तै नागरिक दैनिकले राजनितिक समाचारलाई पनि पहिलो पृगठमा छापेको छ ।
प्रधानमन्त्रीले ढुक्क हुनुस् निर्वाचन हुुन्छ भनेका छन् भने नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले ओलीको चुनावी नारा भ्रममात्र भनेको खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ । दुबैले एक अर्काको कटाक्ष गर्दै आफ्नो भनाईलाई पुष्टि गर्न खोजेका छन् ।
अघि बढ्यो ई-पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्बभन्दा बढीको ठेक्का शिर्षकमा राजधानी दैनिकले समाचार छापेको छ ।
सरकारले आगामी कात्तिकदेखि ई-पासपोर्ट ल्याउने तयारी गरेको छ । ई(पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।
राजधानी दैनिकले नै संसद् पुनः स्थापनामा पक्षमा कांग्रेसमा दुईधार देखिएकोे खबर महेश्वर गौतमले लेखेका छन् । देउवा पक्ष नरम देखिएको छ भने पोडेल र सिटौला पक्ष आक्रामक देखिएको समाचारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *