ताजा समाचार

गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथी ट्रक कुद्यो, १३ मजुदरको मृत्यु

एजेन्सी । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाइ ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ मजदुर सडकमा सुतेका थिए जसमा १३ काे मृत्यु भएकाे छ भने अन्य घाइते छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो।

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *