एजेन्सी । भारत सरकारले भुटानलाई निशुल्क कोभिड १९ को भ्याक्सिन दिने भएको छ । भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले सोमबार भारतले उनको देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शेरिङ्गले भारत सरकारले भूटानसँगको पुरानो सम्बन्धलाई महत्व दिँदै यो मद्दत गर्ने बताएका छन्। उनका अनुसार भ्याक्सिन खरिद गर्नुपर्ने हुँदो हो त यसका लागि ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थिती निम्तिन थियो ।
उनी भन्छन्, ‘उहाँहरुले पनि हाम्रो आवश्यकता बुझिरहनुभएको छ । देशमा यो भ्याक्सिन निःशुल्क प्रदान गरिनेछ ।’
भूटान सरकारले भारत सरकारलाई भ्याक्सिनको आवश्यकता परेका जनसंख्याबारे जानकारी दिइसकेको छ ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाइरहेको यो भ्याक्सिन नेपालले पनि गत हप्ता कोभिशिल्ड भ्याक्सिनको आपतकालीन प्रयोगलाई मञ्जुरी दिएको छ ।




