काठमाडौं । विश्वभरमा गत २४ घण्टामा ५ लाख बढी संक्रमित थपिएका छन् । वल्ड्राेमिटरको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वमा ५ लाख २१ हजार ९ सय ६४ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन् भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका छन् ।




