ताजा समाचार

विश्वमा २० लाख १ हजार ७७३ जनाको कोरोनाबाट मृत्यु

एजेन्सी । कोभिड १० कोरोना भाइरसको संक्रमणबाट विश्वमा २० लाख १ हजार ७७३को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । सो समेत जोड्दा विश्वमा कोरोनाबाट मर्नेको संख्या २० लाख १ हजार ७७३ पुगेको हो ।

त्यस्तै कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *