एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएको छ । उनी तल्लो सदनमा दोस्रो पटक महाअभियोग पारित हुने पहिलो अमेरिकी राष्ट्रपति समेत बनेका छन्।
गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो।
तल्लो सदनमा ट्रम्पकै रिपब्लिकन पार्टीका १० सांसदले मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।
बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो। ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ।
ट्रम्पको कार्यकाल सकिन अब एक साता बाँकी छ। माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रस्ताव पारित हुन केही समय लाग्न सक्छ। तर पनि उनीरूद्धको महाअभियोग सिनेटबाट पनि पारित भए आउने राष्ट्रपतीय चुनावमा उनी सहभागी हुन पाउने छैनन्।




