आज संघीय राजधानीबाट प्रकाशित सबै पत्रपत्रिकाहरुले हिजो काठमाडौंमा राजावादी र प्रहरीकीच भएको झडपका तस्वीरसहितका समाचारहरु प्रकाशित भएका छन् भने स्वास्थ्यमन्त्रीले दिएको खोपसम्बन्धी आश्वाशन पनि सबैपत्रिकामा छापिएका छन् ।
नागरिक दैनिकले दाहाल नेपालको एकता मापदण्ड तयार पारेको बारे मुख्य खबरछापेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ।
त्यस्तै यहि समूहले निर्वाचन आयोगमा निर्वाचन प्रक्रिया रोक्न गरेको आग्रहलाई अस्वीकार गरेको बारे पनि पहिलो पृष्ठमा खबर छ ।
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन स्वास्थ्य मन्त्रालयले दिएको खबर पनि पहिलो पृष्ठमै छापेको छ।
अन्नपूर्ण पोस्ट्ले नेपालको तटस्थता नीति शिर्षकमा मुख्य खबर छापेको छ । सोमबार प्रधानमन्त्री ओलीले भारतीय च्यानललाई दिएको अन्तर्वार्ताबारे पहिलो पृष्ठमा छापेको छ । नेपाल र भारत आकारमा सानो(ठूलो देश भए पनि बराबर हैसियत रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । चौधरीसँगको अन्तरवार्ता यही सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।
राजधानी दैनिकले देशभर बिजुली काटिन थालेपछि प्रधानमन्त्री कार्यालयले चासो राखेको बारे पहिलो पृष्ठमा समाचार छापेको छ । विद्युत् आपूर्तिमा बदमासी भेटिए कडा कारबाहीको चेतावनी समेत प्रधानमन्त्री कार्यलयले दिएको छ ।
खोप फागुनसम्म आउने संकेत शिर्षकमा अर्को समाचार छ । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो ।




