ताजा समाचार

पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएकोमा पूर्व राजाको चिन्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हाम्रो राजनीतिमा ‘पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएकोमा चिन्ता व्यक्त् गरेका छन् ।

२९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आमनेपालीले गर्नुपरेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

सन्देश प्रकाशित गर्दै उनले भनेका छन, ‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वौपरि रहँदै आएको छ । हाम्रो बिचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकुल छ त्यसको समिक्षा हुन अब बिलम्ब भैसकेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *