काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्नुस भन्दै खुल्लमखुल्ला धम्की दिएका छन् ।
आफ्ना प्रधानमन्त्री विरुद्ध मिश्रले शनिबार ट्वीट गरेपछि रिमाले त्यसमा कमेन्ट गर्दै आफ्नो सीमामा बस्न चेतावनी दिदै मर्यादा ननाघ्न भनेका छन् ।
शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गरेका थिएः “कस्तो समय आयो! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !,”
उक्त ट्विटको कमेन्ट्मा रिमालले लेखेका छन्, “सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।”
आफूविश्रद्ध विष्णु रिमालको कमेन्ट आएपछि मिश्रले पनि त्यसको जवाफ दिएका छन्
मिश्रले रिमालको ट्वीट कोट गर्दै जवाफ लेखेका छन्, ‘प्रियरिमालजी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरूपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमति जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझावमात्र।’
मिश्रमाथी खुलमखुला धम्कीको भाषा प्रयोग गरेपछि रिमालको आलोचना भएको छ र राजनितिक व्यक्तिले जनताको आक्रोश सहनुपर्छ तर अहिले परिस्थितिमा ओलीका समर्थक सिधैं धम्कीपूर्ण भाषामा उत्रने गरेका छन् । उता ओलीको समर्थनमा साइबर सेना नै खडा गरिसकेको छन् ।




