बीबीसी । इन्डोनेसियाका अधिकारीहरूले बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको ठाउँ पत्ता लगाएको बताएका छन् ।
शनिबार देशको राजधानी जकार्ताबाट उडेको विमान समुद्रीमा खसेको थियो । इन्डोनेशीयाली जलसेनाहरुले विमान दुर्घटनाग्रस्त भएको ठानिएको समुन्द्री ठाउँ पत्ता लगाएका हुन् ।
६२ यात्रु बोकेको श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो।
१० भन्दा बढी जहाजहरू अब नौसेना गोताखोरहरूको साथ दुर्घटना भएको साइटमा राखिएको छ। उनीहरुले खोजी कार्य जारी राखेको छन् । अहिलेसम्म कतिको हताहती भयो स्पष्ट पारिएको छैन ।




