पत्रपत्रिकाबाट

प्रधानन्यायाधीश राणा अहिलेसम्मकै कठोर नैतिक संकटमा

आज संघीय राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक विषयबस्तुलाई आफ्नो प्राथमिकतामा राखेर छापेका छन् ।
पहिलो पृष्ठमा भने बुधबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा भएको हिंस्रक प्रदर्शनलाई सबैलाई छापेका छन् ।
नागरिक दैनिकले अमेरिकामा आपत् शिर्षकमा मुख्य समाचार छापेको छ । अमेरिकामा भएको हिंस्रक प्रदर्शनलाई लिएर विश्व जगतले भत्सर्ना गरेको र बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता दिएको नागरिक दैनिकले लेखेको छ ।
त्यस्तै नेकपाका दुवै पक्षलाई सात दिने म्याद शिर्षकमा अर्को समाचार छ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ।


अन्नपूर्ण पोस्ट्ले पनि तस्वीरसहित पहिलो पृष्ठमा अमेरिकाको राजधानी वासिंटन डिसीमा भएको हिंसाबारे समाचार लेखेको छ । त्यस्तै बासमती ‘हाम्रै हो’ शिर्षकमा भारतले बासमति ब्रान्डमा गरेको दाबीमा रिट हालेको नेपालले बासमति चामललाई आफ्नो बनाउन प्रमाणहरु जुटाइरहेको छ । ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै डिसेम्बर ९ मा ईयूमा १३ बुँदे दाबीविरोध जनाइसकेको छ। सरकारले त्यसलाई प्रमाणित गर्न वैज्ञानिक आधार खोज्न थालेको छ।
पर्याप्त वैज्ञानिक आधार र प्रमाण उपलब्ध गराउन सक्ने मुलुकले बासमती नामको चामलको भौगोलिक संकेत चिह्न अधिकार ९ज्योग्राफिकल इन्डिकेसन (जीआई राइट) पाउनेछ।


कान्तिपुर दैनिकले पनि अमेरिकाको प्रदर्शनबारे मुख्य समाचार बनाएको छ भने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अहिलेसम्मकै कठोर नैतिक संकटमा परेको खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ । इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन् किनभने उनले आफैमाथि पनि कारण देखाऊ आदेश जारी गर्नुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *