पत्रपत्रिकाबाट

‘स्वार्थ बाझिने’ प्रश्न उठेपछि इजलास परिवर्तन, कार्की पछि हटे

आज संघीय राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयबस्तुलाई समेटेर समाचार प्रकाशन गरेका छन् ।
पत्रपत्रिकाको समाचारमा सार्वेच्च अदालतको इजलाश परिवर्तनबारे मुख्य खबर छापेका छन् ।
नागरिक दैनिकले ‘स्वार्थ बाझिने’ प्रश्न उठेपछि इजलास परिवर्तन शिर्षकमा मुख्य खबर छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा कानुन व्यवसायीहरूले न्यायाधीशमाथि ‘स्वार्थ बाझिने’ भन्दै प्रश्न उठाएपछि इजलास परिवर्तन हुने भएको छ ।
यो समाचारलाई सबै पत्रिकामा प्राथमिकताको साथ पहिलो पृष्ठमा छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले न्यायाधीश कार्कीद्वारा इजलासमा बस्न अस्वीकार गरेको खबरलाई छापेको छ । प्रतिनिधिसभा विघटन विवादमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्र्कीले संवैधानिक इजलासमा नबस्ने निर्णय लिएपछि सुनुवाइ एक साता पछि धकेलिएको छ।
त्यस्तै दलहरुकै कारण कोरोना जोखिम बढेको खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ । विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेको अन्नपूर्णले लेखेको छ ।
राजधानी दैनिकले वायु प्रदुषणबारे कलम चलाएको छ । पछिल्लो समय राजधानीको वायू अत्याधिक प्रदुषित भएको छ । काठमाडौं उपत्यकाको वायु प्रदूषण ुअति खतरानाक विन्दुुमा पुगेको छ। वायु गुणस्तर सूचकांक ९एयर क्वालिटी इन्डेक्स–एक्यूआई० ५० सम्मलाई उत्तम र ५० देखि १ सयलाई सामान्य मान्ने गरिन्छ। तर, सोमबार ४ सय र मंगलबार ३ सय नाघेको छ। जनस्वास्थ्यका दृष्टिले यो तहलाई निकै जोखिम र हानिकारक मान्ने गरिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *