ताजा समाचार

अमेरिकी नवनिर्वाचित उपराष्ट्रपति ह्यारिसले लागाइन् कोभिड–१९ को भ्याक्सिन

न्युयोर्क । अमेरिकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ को भ्याक्सिन लगाएकी छिन् ।

मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीद्वारा उत्पादित खोप लगाएकी हुन् ।

‘कोरोनाको खोप पीडारहित र सुरक्षित छ। मलाई वैज्ञानिकमाथि विश्वास छ,’ उनले भनिन् । खोप लगाउँदै गर्दा उनले आफूले सबै नागरिकलाई खोप लगाउन प्रोत्साहित गर्ने पनि बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *