काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ६ हजार ९२९ जना संक्रमितले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १७ लाख ७१ हजार ३५५ पुगेको छ ।
हालसम्म विश्वभर आठ करोड ११ लाख २३ हजार १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई करोड २० लाख ७४ हजार ६५४ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् । भने कूल संक्रमितमध्ये पाँच करोड ७२ लाख ७७ हजार १५२ जना उपचारपछि निको भइसकेका छन् ।




