आज संघीय राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा फरक फरक विषयले प्राथमिकता पाएका छन् । काठमाडौंमा विभिन्न दलको प्रदर्शनदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल भ्रमणबारेका समाचारले पहिलो पृष्ठ भरिएको छ ।
नागरिक दैनिकले जसपाको काठमाडौंमा भएको प्रदर्शनबारेका समाचार छन् । ओलीको प्रतिगमन विरुद्ध काठमाडौंमा प्रदर्शन शिर्षकमा नागरिकले तस्वीरसहित लेखेको छ । जसपाको अध्यक्ष बाबुराम भट्टराईले चुनाव हुने भ्रममा कांग्रेसलाई नपर्न आग्रह गरेका छन् ।
त्यस्तै कांग्रेसमा सकस शिर्षकम सभापति शेरबहादुर देउवासहितबहुसंख्यक कांग्रेस नेताहरु प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अब मदालतको विषय भइसकेको जनाउँदै त्यसको पक्षमा वा विपक्षमा पार्टी उभिन उभिन नहुने बताएका छन् ।
त्यस्तै पीपीईमा चिनियाँ पाहुना आएकोबार.े पनि नागरिकले खबर छापेको छ ।
यो खबरलाई राजधानी दैनिकले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता नेपालमा शिर्षकमा छापेको छ । नेकपा विवादबारे गम्भीर चासो राखेको समाचारमा उल्लेख छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा फाटो आएको थियो । नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टी चिन्तित बनेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । काठमाडौं ओर्लेलगत्तै उपमन्त्री येझाउको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।
नेकपा जोड्न चिनियाँ कसरत शिर्षकमा अन्नपूर्ण पोस्ट्ले खबर छापेको छ । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन्।
पत्रपत्रिकाबाट




