काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तार र पुनर्गठनबारे टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा ट्वीटरमा बाबुरामले प्रश्न गरेका छन् , ‘ओली आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहाँको विधि र परम्परा हो ?
उनले ओलीले पूर्वराजा ज्ञानेन्द्रकै शैली पछ्याएको टिप्पणी गरेका छन् । ओलीले यस्तो कदम सत्ता अकंटक चलाउने ध्येयले गरेको उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान लोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख?’




