काठमाडौं । देशमा कोरोना महामारी सुरु भएका कारण झन्डै १० महिनादेखि बन्द रहेका देशभरका सिनेमा हल आजबाट सञ्चालनमा आउने भएका छन् ।
सरकारले अन्य क्षेत्र खोल्ने अनुमति दिएपनि मनोरन्जन क्षेत्र खोल्न कुनै पहल नगरेपछि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेको हो ।
चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल चैत ६ गतेदेखि एकसाथ बन्द गरिएका थिए ।
आज पहिलो दिन नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाइने संघले जनाएको छ । लामो समयसम्म बन्द हुँदा पनि सरकार आफूहरूको सममस्यामा गम्भीर नबनेको भन्दै हल सञ्चालकहरू सरकारको निर्देशन अवेज्ञा गर्दै हल सञ्चालन गर्न लागेका हुन् ।




