काठमाडौं । नेपालमा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साे वायुकाे प्रभाव सामान्य रहेपनि दिउँसाे देशकाे माैसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, हाल गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष ९ गते (बिहीबार)
दिउँसोः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १० गते (शुक्रबार)
दिउँसोः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष ११ गते (शनिबार)
दिउँसोः प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः गण्डकी प्रदेश,लुम्बिनि प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।




