ताजा समाचार

नेपाल-दाहाल पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको संसदीय दलको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बोलाइएको बैठकले महत्वपुर्ण निर्णय गर्ने एक नेताले बताए ।

मंगलबारको केन्द्रिय कमिटि बैठकले ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष बनाएको थियो। आजको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ । अध्यक्षबाट हटाइसकेका ओलीलाई अब संसदीय दलको नेताबाट पनि हटाएर अर्का अध्यक्ष प्रचण्डलाइ संसदीय दलकाे नेता बनाउने तयारी गरेकाे छ ।
लगभग फुटको संघारमा पुगेको नेकपाको दाहाल-नेपाल पक्षले ओलीलाई सबै पदबाट हटाउने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *