काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको रिसफरिमा राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटन बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।
सर्वोच्चमा परेको १२ वटा रिट मध्ये ११ वटाको आज पेशी तोकिएको छ । एउटा रिट भने संवैधानिक इजलासमा पठाइएको छ । संवैधानिक इजलासको पेशी शुक्रबारका लागि तोकिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली,केशरजंग केसीलगायतहरुले रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । रिटमा प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई विपक्षी बनाइएको छ ।




