काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा संसद् विघटन गरेको तीनदिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् ।
पूर्वराजा शाहले सामाजिक सञ्जालमा जनताको मतको कदर नगर्ने नेताहरूबाट केही पनि आशा गर्न नसकिने टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’ पछिल्लाे समय राजाकाे पक्षमा देशभर प्रदर्शन भइरहेका थिए ।




