काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ११ हजार संक्रमित थपिएका छन् । वर्ल्डो मिटरको आँकडा अनुसार सोही अवधिमा ४ लाख ६९ हजारले कोरोना जितेका छन् ।
त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ । हाल विश्वभर २ करोड १४ लाख १४ हजार सक्रिय संक्रमित रहेका छन् भने एक लाख ६ हजारबढीको अवस्था गम्भीर रहेको वर्ल्डो मिटरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो ।




