आजका पत्रपत्रिकाहरु सोमबार दिनभरको राजनितिक उतावचढावकै सेरोफेरोमा रहेर समाचार प्रकाशित भएका छन् । सबै राष्ट्रिय दैनिक पत्रिकाको विश्लेषणमा नेकपा पार्टि फुटको संघारमा पुगेको निष्कर्ष छ । यसअघि पूर्व माओवादी र पुर्व एमालेबीच फुट हुने हल्ला आएको भएपनि ओलीको पछिल्लो कदमले अब ओली पक्षीय र दाहाल नेपाल पक्षीयबीच फुट हुने सम्भावना रहेको समाचारको विश्लेषण छ ।
राजधानी दैनिकले अन्ततः फुटतर्फ नेकपा शिर्षकमा मुख्य समाचार लेखेको छ । सोमबार ओलीले आफ्नो पक्षका सांसद्लाई भेला गराउँदै चुनावको लागि तयार हुन भनेका छन् भने प्रचण्ड र माधव कुमार नेपाल समुहले संसद् बोलाउन माग गरेका छन् ।
नागरिक दैनिकले विभाजनको मुखमा नेकपा शिर्षकमा मुख्य समाचार छापेको छ । समाचार नागरिकले ओली पक्ष र दाहाल नेपाल पक्षका सांसद तथा नेताहरुको नामावली नै सार्वजानिक गरेको छ । समाचारमा भनिएको छ, एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गदैछन् ।
नागरिकले प्रचण्ड पक्षमा २ सय २ जना माधव कुमार नेपाल पक्षमा ८८ जना र ओली पक्षमा १४० जना छन् । पार्टि मिल्नुपर्छ भन्नेमा १३ जना नेतारहेको नागरिको विश्लेषण छ ।
अन्नपूर्ण पोस्टले पनि नेकपा फुटकै संघारमा पुगेको खबरलाई पहिलो पृष्ठमा छापेको छ ।




