काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही हुने स्पष्ट पारेका छन् । सोमबार एक विज्ञप्ति निकाल्दै उनले ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको बताएका हुन् ।
साथै उनले पार्टि एकता कायम रहने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेता दाहालले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने बताएका हुन् ।





