आजका पत्रपत्रिकामा नेकपाकै सेरोफेरोमा रहेर मुख्य खबरहरु प्रकाशन भएका छन् ।भने समसामायिक विषयबस्तुमा आधारित भएर समाचार प्रकाशन गरिएका छन् ।
नागरिक दैनिकले ओलीको शनिबार दिनभरीको व्यस्ततालाई समेटर मुख्य खबर छापेको छ । दिनभर दौडधुप ओलीका तीन तुरुप शिर्षकमा राजनितिक समाचार छापेको छ ।
प्रचण्ड निवासमा केपी शर्मा ओली र प्रचण्ड बिचको भेटघाट अर्थपूर्ण नरहेपछि ओलीले तीन तुरुप फालेको समाचारमा उल्लेख छ । दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले तीन रणनीति सुरु गरेका छन्। नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन्। दोस्रोमा पूर्वएमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पहिलो अध्यक्षका रुपमा अघि सार्ने र तेस्रोमा ओली, दाहाल दुवैका प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रुपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटी बैठकमा सामूहिक प्रतिवेदन पेस गर्ने ओलीको योजना छ।
त्यस्तै शीतलहर छल्न परालको सहारा शिर्षकमा जाडो बढेसँगै तराईको जीवनकष्टकर बनेको खबरलाई पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ । परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्। तराई हरेक वर्ष जाडो मौसम सुरु भएपछि जीवन कष्टकर बन्ने गरेको छ ।
ओलीको शनिबारको दौडधुपलाई अन्नपूर्ण पोस्टले पनि पहिलाे पृष्ठमा छापेको छ । मेलमिलापको दौडधुप शिर्षकमा मुख्य खबर छापेको छ ।
भने पदमार्ग मासेर हाइड्रो निर्माण हुन लागेको खबरलाई पनि पहिलो पृष्ठमै मुख्य प्राथमिकता दिएर छापेको छ।
हाइड्रो निर्माणसँगै कन्चनजंगा जानेबाटो छेकिएको, जैविक विविधतामा असर पर्ने र माथीको दबाब भन्दे केक्यापले पनि सहमति गरेको समाचारमा उल्लेख छ ।
बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने खबरलाई गोरखापत्र दैनिकले छापेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ पारित गर्दै सेवा प्रदायकको कार्यालय, भवन, यन्त्र, उपकरण, दूरसञ्चार पूर्वाधार संरचना तथा फ्रिक्वेन्सी नियन्त्रणमा लिने बाटो खुला गरेको हो । अन्तिमपटकका लागि बक्यौता फस्र्योट गर्ने अवधि पनि नाघेमा प्राधिकरणले सात दिनको पूर्वसूचना दिएर कम्पनीको स्वामित्व सरकारमा ल्याउन सक्ने नियमावलीमा उल्लेख छ ।




