ताजा समाचार

टिकापुर घटनाः रेशम चाैधरीकाे जन्मकैद कायमै, छुटेका लक्ष्मणलाइ पनि जन्मकैद

आज राजधानीबाट प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषयबस्तुलाई समेटेर समाचार प्रकाशन गरेको छन् ।

सबैमा उखुँ किसानकाे आन्दोलनबारेका समाचार समेटिएका छन् भने टिकापुर घटनाका मुख्य दोषि सांसद रेशम चौधरीको जन्मकैद कायमै हुने गरी उच्च अदालतबाट सदर भएको र अर्का ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि जन्मकैदको सजाय तोकेको समाचारलाई अन्नपूर्ण पोस्ट्ले छापेको छ । बुधाबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।
त्यस्तै सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै जाजरकोटको त्रिभुवन माध्यामिक विद्यालयले एकै कक्षामा ९४ जना विद्यार्थीलाई राखेर पढाएको तस्वीरसहित छापेको छ । शिक्षा नियमावली अनुसार एक कक्षामा ४० भन्दा धेरै विद्यार्थी राखेर पढाउन पाइदैन । भने कोभिड १९ को कारण अहिले त्यो भन्दा पनि कम विद्यार्थी राख्नुपर्छ ।
नागरिक दैनिकले सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता गरेको खबरलाई आजको मुख्उ समाचार बनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको हो। त्यस्तै अध्यादेशबारे प्रधानमन्त्री मौन बस्दा नेकपा नेताहरु अझै शंशकित भएको खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ । नेकपा स्थायी कमिटि बैठकमा अध्यादेश फिर्ता ल्याउन सहमत भएका ओलीले अझै अध्यादेश फिर्ता गर्न आनाकानी गरिहेका छन् । प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *