पत्रपत्रिकाबाट

कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने

काठमाडाैं । आजका पत्रपत्रिकामा राजनितिक देखि सामाजिक सवालहरुले स्थान पाएका छन् ।
खास गरि दिप बस्न्यात प्रकरणलाई सबै राष्ट्रिय दैनिक पत्रिकाले प्रमुख स्थान दिएका छन् । त्यस्तै उखुँ किसानको पीडालाई पनि दैनिक पत्रिकाहरुले पहिलो स्थान दिएका छन् ।
अन्नपूर्ण पोस्ट्ले बस्न्यात थुना शिर्षकमा मुख्य खबर छापेको छ । अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्‍न विशेष अदालतको आदेश आएको खबरलाई छापेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
त्यस्तै उखुँ किसान अन्तिम लडाई शिर्षकमा प्राथमिकताको साथ समाचार लेखेको छ । यसैको सेरोफेरोमा रहेर नागरिक दैनिकले मुख्य समाचार छापेको छ । उखु जस्तै पेलिए किसान शिर्षकमा नगदे बाली उखुमा करोडौंको उधारो भएको नागरिकले लेखेको छ ।
उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्।
त्यस्तै श्रीराम सुवेदीले कोरोना खोप आयात गर्न निजी क्षेत्रले नपाउने शिर्षकमा लेखेको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिइएको छ ।
सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ ।
आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न लागेको खबरलाई राजधानी दैनिकले छापेको छ । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *