काठमाडौं । नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ुबीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । उनले बनाएको नेवारी परिकार यमरीले जर्जको मन जितेपछि उनी सिधैं फाइनलमा प्रवेश गरेका हुन्
बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए । अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ ‘
‘बीबीसी वान’ मा प्रसारित हुने फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।




