आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । राजनितिकदेखि समाजिक विषयमा पहिलो पृष्ठमा चर्चा गरिएको छ । नागरिक दैनिकले तराईमा बढेको जाडोसँगै स्थानीय गरिब जनताले पाएको दुखलाई समेटेर स्टोरी बनाएको छ ।
सिरक फाट्यो सरकार, दैलोमा सरकार आयो न्यानो आएन जस्ता शिर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा उल्लेख सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ। तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन। जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर सावित भइरहेको छ। नागरिकले लेखेको छ सिरक फाट्यो सरकार शिर्षकमा पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ। बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो। सँगै डेढ दशकअघि पाएको सिरकसँगै तस्बिर खिचाउँदै परसवाका मुसहर समुदाय (फाइल तस्बिर)। तिनैमध्येको फाटेको सिरक देखाउँदै पलटीदेवी माझीको तस्वीर पनि सार्वजानिक गरेको छ ।
भने शिक्षक हत्याको नालीबेली पनि खोतलेको छ । खसी नदिएको झोँकमा विप्लव समुहद्वारा राजेन्द्र श्रेष्ठको हत्याको खुलासा नागरिक दैनिकले गरेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले पहिले फेवाताल, अहिले खेत शिर्षकमा पोखराको फेवाताल अतिक्रमणबारे मुख्य खबर छापेको छ । कृष्णमणि बराल लेख्छन, फेवाताल सिरान ढल्केवर खपौदी क्षेत्रमा थुप्रिएको माटो झिक्न पोखरा महानगरपालिकाले वर्षायामअगावै एक कम्पनीलाई जिम्मा दियो। तर, त्यसरी झिकिएको माटो बर्खाको पानीले बगाएर तालमै ल्याउने भन्दै स्थानीयले विरोध गरे। महानगरपालिकाले काम रोक्न भन्यो, झिकिएको माटो सिमसारमै छाडियो। लगत्तै कोरोना भाइरस महामारीका कारण लकडाउन भयो। ताल पुरिएर बनेको चौरमा त्यही मौकामा ट्र्याक्टर चल्यो। त्यहाँ स्थानीयले धान रोपे। धान पाकेर उनीहरूले घरमा भित्र्याइसकेका पनि छन्
गोरखापत्रले नेपालका कोभिडको खोप ल्याउन तिव्र गृहकार्य भईरहेकोबारे मुख्य खबर छापेको छ । स्वास्थ्यसेवा विभागका महानिर्देशकको संयोजकत्वमा खोपको सचिवालय गठन गरिएको छ ।
ताजा समाचार




