ताजा समाचार

हङकङमा कोभिड नियन्त्रणका लागि थप कडाइ गर्दै


हङकङ । हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।

हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएका हुन् ।

महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ ।

हङकङमा गत हप्ताभरीमा ६६१ जना सङ्क्रमित भएको बताइएको छ । सङ्क्रमितहरूमा पाका उमेरका व्यक्ति मात्र नभई अधबैसै तथा किशोरकिशोरीका साथै केही बालबालिका पनि रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *