एजेन्सी । विश्वभर कोभिड १९ भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार २९२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ७४ हजार १७४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २३ जना को निधन भएको छ । योसँग नेपालमा संक्रमणबाट मृत्युको संख्या १ हजार ४ सय १२ पुगेको छ । स्वास्थ मन्त्रालयको अनुसार बिहिबार १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । ९ हजार ४ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा डिस्चार्ज १ हजार ४ सय ३७ जना भएका छन् ।
हाल २ लाख २७ हजार ६ सय ४० संक्रमित पुगेका छन् । यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ । अहिले क्वारेन्टाइनमा रहेका




