ताजा समाचार

आन्तरिक मामिलामन्त्री शाह थप उपचारका लागि काठमाडौंमा

गोदावरी । स्वास्थ्यावस्थामा शाहसुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालबाट थप उपचारका लागि आज सिम्रिक एयर मार्फत काठमाडौं लगिएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *