काठमाडौं। अबैध रुपमा ढुङ्गाखानी सञ्चालन गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका ६ मा अवैध रुपमा ढुंगा खानी सञ्चालन गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरको नल्लुस्थित जङ्गलमा अबैध खानी सञ्चालन गरिरहका उनीहरु पक्राउ परेका हुन । अहिले उनीहरुलाई जावालाखेल प्रहरी वृत्तमा राखिएको छ । सुदीप डोटेल, प्रितम खत्री र माइला तामाङ पक्राउ परेका छन ।
ढुङ्गाखानी सञ्चालन गर्ने मुख्य व्यक्ति शेखर महत भने भागेका छन । महत ललितपुर १ का सांसद नवराज सिलवालका भान्जा हुन । पक्राउ परेकालाई छुटाउन र महतलाई जोगाउन संसद नवराज सिलवाललगयत नेकपा नेताहरुले प्रहरीलाई दवाव दिइरहेका छन ।
गुन्डागर्दी र राजनीतिक संरक्षणको आडमा लामो समयदेखि जङगलमा अबैध ढुङ्गा उत्खनन हदै आएको थियो ।




