ताजा समाचार

सेनाले दियो बालीनालीको क्षतिपूर्ति

काठमाडौं । नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत रु तीन लाख दश हजार उपलब्ध गराएको छ ।

काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै वैँक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त क्षतिपूर्ति रकम सम्बन्धित वडा कार्यालयको सिफारिशमा उपलब्ध गराइएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *